खेलकुद

क्यानका अध्यक्ष चन्दलाई आइसिसीको ‘लङ सर्भिस’ अवार्ड

By खबरहब

July 26, 2022

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले लङ सर्भिस अवार्डबाट सम्मानित गरेको छ ।

इंग्ल्यान्डको बर्मिङ्गम जारी आइसिसीको वार्षिक साधरण सभाबाट चन्दलाई क्रिकेट बोर्डमा लामो समय रहेर सेवा गरेवापत उक्त अवार्ड दिएको हो ।

आईसीसीको साधारणसभामा सहभागी हुन अध्यक्ष चन्द र कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल इंग्ल्यान्ड गएका थिए । चन्द २०७२ क्यानका अध्यक्षमा निर्वाचित भएका थिए ।