फाइल तस्वीर

अन्तर्राष्ट्रिय

नाइजेरियाली सेनाको कारवाहीमा ५७ जना अतिवादी हतियारधारी मारिए

By खबरहब

August 26, 2022

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतङ्कवादविरुद्धको कारवाहीमा परी कम्तीमा पनि ५७ जना अतिवादी हतियारधारी मारिएका छन् । गएको दुई हप्तायता सो क्षेत्रमा सेनाले जारी राखेको कारवाहीका क्रममा ती हतियारधारी मारिएका समाचारमा जनाइएको छ ।

नाइजेरियाको सेनाका प्रवक्ता मुसा दनमादानीले सो कुराको जानकारी दिएका हुन् । नाइजेरियाका दुई उत्तरपूर्वी प्रान्त बोर्नो र योबेमा सो कारबाही गरिएको थियो । यहाँको सेनाले यी दुई प्रान्तमा हवाई तथा स्थलगत कारवाही गरेको थियो ।

उक्त कारवाही यही अगष्ट २५ सम्म गरिएको र त्यस क्रममा बोको हरामका ५७ जना लडाका मारिएका हुन् । उनीहरुले बोर्नो र योबे प्रान्तमा हिंसा गराएकाले नाइजेरियाली सेनाले उक्त कारवाहीको प्रक्रिया थालेको थियो ।

त्यस कारवाहीका क्रममा एक हजार छ सयभन्दा बढी बोको हरामका व्यक्तिले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण पनि गरेका थिए । उनीहरुले हातहतियारसहित आत्मसमर्पण गरेका बताइएको छ । नाइजेरियाको बोर्नो प्रान्तमा बोको हरामका लडाकुहरुको प्रभाव रहेको मानिन्छ ।