सांकेतिक तस्बिर

ब्रेकिङ स्टोरी

कपिलवस्तुमा गोली हानी एक जनाको हत्या

By खबरहब

August 26, 2022

कपिलवस्तु- गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका-६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ ।

अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको ज्यान गएको हो ।

गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।