फाइल फोटो

देश/प्रदेश

बालेनले अराजक गतिविधि बढाए : मीनबहादुर विश्वकर्मा

By खबरहब

August 26, 2022

काठमाडौँ– सत्तारूढ नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधि बढाइरहेको टिप्पणी गरेका छन ।

काठमाण्डौमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदा हुँदै मेयर साहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना भएको भन्दै आपत्तिसमेत जनाए ।

गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय बजार व्यवस्थापन गर्ने नाममा मेयरहरूले अराजक गतिविधि गर्न नहुने तर्क गरे । यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उनको भनाइ थियो ।