फाइल तस्वीर- पीटीआई

अन्तर्राष्ट्रिय

श्रीलंकालाई सहयोग गर्न तयार छौँ : भारतीय राष्ट्रपति मुर्मु

By खबरहब

August 26, 2022

काठमाडौँ– भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले दक्षिणी छिमेकी मुलुक श्रीलंकालाई सहयोग गर्न तयार रहेको जनाएकी छिन् ।

आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको चरम अभावबाट गुज्रिरहेको श्रीलंकालाई सहयोग गर्न भारत तयार रहेको राष्ट्रपति मुर्मुले जनाएकी हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतको छिमेकी प्रथम नीति अनुसार भारत सहयोगका लागि तयार रहेको उनको भनाइ छ ।

‘निकट छिमेकीका रुपमा भारत श्रीलंकाका जनताहरुलाई चुनौतिको सामना गर्नका लागि सहयोग गर्न तयार रहेको छ ।’ मुर्मुलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

उनले दुई मुलुकबीच लामो समयदेखि कायम द्विपक्षीय साझेदारी पनि निरन्तर जारी रहने अपेक्षा व्यक्त गरेको जनाइएको छ ।