देश/प्रदेश

प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना

By खबरहब

September 26, 2022

काठमाडौं – बिहान मुलुकभर बदली छ। केही क्षेत्रमा वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १ र मधेश प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

मंगलबार प्रदेश १, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा वर्षाको आकलन गरिएको छ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।