राजनीति

गठबन्धनभित्र १३५ निर्वाचन क्षेत्रमा सहमति 

By खबरहब

September 26, 2022

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै श्रेष्ठले निर्वाचनलाई अग्रगामी निर्वाचनका पक्षधर र परिवर्तनलाई रोक्न खोज्ने पक्षधर बीचको ठुलो संघर्षको रुपमा समेत चित्रण गरे । आफूहरूले गरेको गठबन्धनको राजनीति प्रारम्भमा भएको र संस्थागत रूप लिन नसकेको उनले बताए । श्रेष्ठले आगामी मंसिरमा हुने संघीय चुनावमा आफूले काठमाडौं–७ बाट उम्मेदवारी दिने समेत बताए । विद्यालयदेखि शिक्षा, स्वास्थ्य, पर्यटकीय विकास, बाटो निर्माणदेखि खानेपानीको सम्बन्धमा साथ दिँदै आएको उनको भनाई छ ।

उनले आगामी निर्वाचनका लागि व्यवस्थापनको सन्दर्भमा आफ्नो मन्त्रालयले आवश्यक कर्मचारी निर्वाचन आयोगमा पठाइसकेको जानकारी दिए ।