फाइल तस्वीर- एएनआई/रोयटर्स

अन्तर्राष्ट्रिय

पाकिस्तानमा तेस्रोलिङ्गीमाथि हिंसात्मक आक्रमण बढ्दै

By खबरहब

September 26, 2022

काठमाडौँ- पाकिस्तानमा तेस्रोलिङ्गीमाथि हिंसात्मक आक्रमणका घटना बढ्न थालेको पाइएको छ । इस्लाम खबरका अनुसार पाकिस्तानमा २० करोड जनसंख्यामध्ये १० हजार ४ सय १८ जना तेस्रोलिङ्गी छन् ।

हालैमात्रै पाकिस्तानको रावलपिण्डी सहरमा तेस्रोलिङ्गी समुदायका मानिसहरु चढेको गाडीमा अज्ञात आक्रमणकारीले हमला गर्दा तीन जना तेस्रोलिङ्गी र सवारी चालक घाइते भएका थिए ।

त्यसअघि सेप्टेम्बर १ मा सिन्ध प्रान्तको कराँची सहरमा मजिद नाम गरेका तेस्रोलिङ्गीको छुरा धसेर हत्या गरिएको थियो ।

त्यसअघि गत जुलाई १ मा पनि रावलपिण्डी सहरमै अमिस मसिह नाम गरेका तेस्रोलिङ्गीलाई छुरा धसेर हत्या गरिएको थियो ।

पाकिस्तानमा यस्ता लैङ्गिक एवम् यौनिक अल्पसङ्ख्यकलाई लक्षित गरी बारम्बार आक्रमण हुने गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसबाहेक उनीहरुको शिक्षा र रोजगारीमा समान अवसर, बाँच्ने अधिकार तथा अन्य आधारभूत मानव अधिकार समेत उल्लङ्घन हुने गरेको बताइन्छ ।