फाइल फोटो

देश/प्रदेश

गठबन्धनमा १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी

By खबरहब

September 26, 2022

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दैं श्रेष्ठले निर्वाचनलाई अग्रगामी निर्वाचनका पक्षधर र परिवर्तनलाई रोक्न खोज्ने पक्षधर बीचको ठुलो संघर्षको रुपमा समेत चित्रण गरे । आफूहरुले गरेको गठबन्धनको राजनीति प्रारम्भमा भएको र संस्थागत रुप लिन नसकेको उनले बताए ।