अन्तर्वार्ता

‘सुरुमा आफूलाई मनको डाक्टर हुँ भनेर चिनाउँथे’

By विना न्यौपाने

October 26, 2022

काठमाडौँ – पछिल्लो समय मानिसहरुमा मानसिक समस्या र त्यसबाट उत्पन्न हुने रोगहरुको संख्या बढ्दो छ । अस्तव्यस्त जीवनशैली, खानपान र शारीरिक कसरत नगर्नाले मानिसहरुमा मानसिक रोग तथा त्यसले निम्त्याउने समस्या बढेको हो । त्यसमाथि धेरैजसो डाक्टरहरु अहिले मानसिक स्वास्थ्यभन्दा अरु विषयमै जोड दिइरहेका छन् । तर डा.ऋषभ कोइराला भने मनोचिकित्सक विषय पढेर अहिले हजारौँ बिरामीको मानसिक उपचार गरिरहेका छन् । डा.कोइरालाको संघर्ष, सफलता र समाजको बढ्दो समस्याबारे खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

मानसिक समस्या हुँदा सबैले लुकाउनु हुन्छ, यस्तो अवस्थामा वरिष्ठ मनोचिकित्सक बन्नुअघि तपाईँको बाल्यकाल कहाँ बित्यो ? सबै क्षेत्रमा मेहनत चाहिन्छ । झन डाक्टर हुनका लागि सुरुबाट नै धेरै मेहनत गर्नु पर्दछ । सोहीअनुसार अहिले पनि म मेहनत गरिरहेको छु । मेरो जन्म काठमाडौँमा नै जन्मेर हुर्केको हो। मेरो घर अनामनगर हो । पहिला त्यहाँ स्याल कराउँथ्यो । अनामनगर चिनाउन हामीले घट्टे कुलो भन्थ्यौ । तर अहिले अनामनगर भनेर चिनिन्थ्यो । घर धेरै थिएन खेत नै खेत थियो । घर तिर स्याल आउँथ्यो रमाइलो थियो । यस्तो अवस्थामा मेरो बाल्यकाल बितेको हो ।

बाल्यकालदेखि नै पढाई कहाँबाट सुरु गर्नु भयो ? पहिला स्कुल अनामनगरको कमल उदय स्कुल भन्ने थियो । त्यही पढे । पछि १ देखि १० सम्म ग्यालेक्सी पब्लिक स्कुलमा पढेर त्यहीँबाट एसएलसी दिए । किनभने ज्ञानेश्वर नजिकै हिँडेर नै जाने ठाउँ थियो । त्यस पछि त्यही नजिकको नेपाल साइन्स क्याम्पसमा पढेँ ।

पहिला देखि नै मनोचिकित्सक हुन्छु भन्ने सोच थियो ? सुरुमा म धेरै फेल हुन्थे । किन भने मलाई घोक्न आउदैन्थ्यो । पछि मैले धेरै फेल भए पनि धेरै कुरा सिक्दै गए पनि पहिला कम्प्युटर साइन्स पढ्न मन दियो । पछि पनि फिजिक्स पढ्छु भन्ने भयो । एमबिबिएस को इन्ट्रान्स पनि मैले इन्जिनियर कम्प्युटरमा राम्रो हुन्छ भनेर जोइन गरेको थिएँ । पछि मेरो साथीले जाऊ भनेर मैले इन्ट्रान्स तयारी गरेको हो । पछि हात हाली हाल्यो भनेर म पनि गर्न सक्छु भनेर लागेँ । नाम निकाल्न प्रेसर पनि भयो । पहिला डाक्टर बन्न पनि इच्छा थिएन र पछि सेकेन्ड इयरमा गएर मैले लाइबेरीमा एउटा साइक्याट्रिको सँग सम्बन्धित त्यो पढेर त्यही बेला नै मैले साइक्याट्रिकको नै बन्छु भन्ने सोचे धेरै जना सर्जरी गर्ने बन्छु भन्नु हुन्छ यो गफ गर्ने कोही बन्छ भन्ने थियो।

धेरै जनाले यो मानसिक समस्यालाई खुलेर पनि भन्न चाहनु हुन्न तपाई यो विषयको डाक्टर कसरी बन्नु भयो ? फरक अवस्थाको कारण विभिन्न प्रकारका बिरामीहरू आउने हुन्छ । मलाई फिजिक्समा पनि मलाई जीवनको फिलोसोफिबाट र मेटाफिजिक्सबाट जीवनको अर्थ खोज्दा मेरो लागि एउटै क्षेत्रमा जान्छ जस्तो लाग्छ त्यो अरू क्षेत्रमा होइन, मनोचिकित्सक क्षेत्र नै उपयुक्त लाग्यो ।

यस्तो डाक्टर बन्नको लागि घर परिवारको सर्पोट कस्तो थियो ? ममीले साइकोलोजी पहिला पढ्नुभएको कारण राम्रो भन्नुभयो । बाबाले सर्पोट गर्नु भयो । तर अरू विषय नै राम्रो हो कि जस्तो गर्नु भयो । तर पनि सर्पोट गर्नु भयो ।

एमबीबीएसको पढाई सकेपछि मनोचिकित्सक बन्ने निर्णय गरेपछि कसरी अगाडि बढ्नु भयो ? साइक्याट्रिकको इन्फ्लो यसमा म पहिला म्युजिक बजाउनभन्दा पनि सुन्न धेरै राम्रो लाग्थ्यो । त्यसैले म यो क्षेत्रमा आएको हो । मैले एमबिबिएसको पढाई मैले धरान बिपीबाट गरेको हो । त्यहाँ पनि राम्रो वातावरण र सिकाई राम्रो थियो । मैले पहिला नै फैसला गरेर अगाडि बढेर बाहिर गएर पढ्ने कि यही पढ्ने भन्दा हाम्रोमा यहाँ टेक्निकहरु बाहिर भन्दा यहाँ नै राम्रो भनेर यही पढ्ने फैसला गरेर टिचिङ हस्पिटल मा पढ्न गएँ ।

एमडी सके पनि पहिला काम कहाँबाट सुरु गर्नु भयो ? काम मैले पहिला एनजिओ क्षेत्रको अनुसन्धान गर्ने मेरो क्षेत्र हो । हाम्रोमा सबै भन्दा पहिला देख नै अनुसन्धान एनजिओले गरेको छ । मैले नेपालको दुर्गम ठाउँमा गाएर पनि अनुसन्धान गरेँ । पढ्दा खेरि नै बिस्तारै बिरामीहरू हेरेँ । म बिरामीलाई परिचय गर्दा म मनको डाक्टर भनेर चिनाउँछु । किनभने मानसिक डाक्टर भन्दा मान्छेहरूमा अर्को भाव नजाओस् भन्ने हुन्छ । यो कुनै ठुलो समस्या हैन मैले धेरै केश हेरेको छु । कसैको कथा जस्तो लाग्ने केशहरू पनि हेरेको छौँ । कसैले मानसिक सन्तुलन नै गुमाउनु भएको हुन्छ । त्यस्तो कति डरलाग्दो केस पनि केशहरू पनि मैले हेरेँ । एउटै बिरामीसँग पनि मैले ३ घण्टा सम्म बसेको छु ।

एन्जाइटि र डिप्रेसन महिलामा नै धेरै भयो भनिएको छ यो सत्य हो त ? डाटामा आधारित रहेर यो अनुसन्धानबाट आएको हो । महिलाहरूमा धेरै लोड हुन्छ । पुरुषहरूले जस्तो खुलेर बोल्न सक्ने कसैको अवस्था नहोला । अहिले अंशको कुरा आयो । पहिला छ त्यो पनि थिएन । यो बाहिरको डाटामा पनि महिलामा धेरै नै छ । वंशाणुगत कुराहरू हाम्रो शरीरमा भएको हर्मनको कुराहरू थाईरो हर्मनको कुराहरू हामीले हेछौँ । सामाजिक कारणले पनि होला केटाहरूमा सानै देखि बलियो बनाउने कारणले पनि हुन्छ ।

यो क्षण चाहिँ मैले भुल्नै सक्दिन धेरै खुसीको क्षण भन्ने कहिले भयो ? क्लिनिकल प्राक्टिसले मैले साइक्याट्रिक पढ्दा खेरि मैले आफूलाई नै विकास गरेको हो । नयाँ कुराहरू सिकाएको छ । धेरै कुराहरू सिकेको छु बाच्ने आधार खुसीको क्षण म मा छ । आफूले हेरिरहेको व्यक्तिलाई पहिलाको अवस्थामा फर्काउन सक्नु नै खुसीको कुरा हो ।

अहिले दैनिकी कसरी बित्ने गरेको छ ? मैले अहिले पिएचडी गर्दै छु । टिचिङ अस्पतालको बिरामी हेरेर त्यहाँको अनुसन्धान गरेँ । दिउसो भरि पिएचडिको लागि समय दिन्छु र साँझमा क्लिनिकल प्राक्टिस गर्छु ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)