राजनीति

कांग्रेसका युवा नेता प्रदीप पौडेललाई डा. भोला रिजालले दिए शुभकामना

By खबरहब

October 26, 2022

काठमाडौँ- आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाका उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालले शुभकामना दिएका छन् ।

चुनाव प्रचार अभियानका क्रममा बुधबार बिहान रिजाल निवास पुगेका पौडेललाई डा. रिजालले शुभकामना दिएका हुन् । उनले प्रदीप पौडेल शान्त स्वभावको नेता भएको बताउँदै यस्ता मानिस कहिल्यै पछि नपर्ने समेत टिप्पणी गरे

पौडेलले रिजालसँगै आफ्नो निर्वाचन क्षेत्रका विभिन्न व्यक्तित्वहरुसँग पनि भेट गरिसकेका छन् । पौडेलले ‘रुपान्तरणको आधार सुशासन र सदाचार अहँ ! भ्रष्ट्राचार’ नामको चुनावी नारा पनि सार्वजनिक गरिसकेका छन् ।

नाराको अन्त्यमा ‘डिसलाइक’ चिन्ह प्रयोग गरिएको छ । डिसलाइक चिन्हको अर्थ भ्रष्टाचारीलाई डिसलाइक भन्ने रहेको पौडेलको सचिवालयले जनाएको छ ।