तस्वीर- आइस्टक फोटो

अन्तर्राष्ट्रिय

अब एप्पलले युएसबी–सी चार्जरबाट चार्ज हुने आईफोन बनाउने

By खबरहब

October 26, 2022

काठमाडौँ- अब युएसबी–सी चार्जरबाट चार्ज गर्न मिल्नेगरी आईफोनको उत्पादन हुने भएको छ । आईफोन निर्माता कम्पनी एप्पलका कार्यकारी ग्रेग जोस्वियाकले क्यालिफोर्नियामा आयोजित एक प्रविधि सम्मेलनमा अब युएसबी–सी चार्जरबाट समेत चार्ज गर्न मिल्नेगरी आईफोनको उत्पादन गरिने जानकारी दिएका हुन् ।

युरोपेली युनियनले नयाँ प्रावधान जारी गरेसँगै एप्पल कम्पनीले युएसबी–सी चार्जरबाट चार्ज गर्न मिल्ने आईफोन उत्पादन गर्न लागेको हो । यसै महिनाको सुरुमा युरोपेली संसाद्ले चार्जरसम्बन्धी नयाँ प्रावधान पारित गरेको थियो ।

युरोपेली युनियनको नयाँ प्रावधान अनुसार सन् २०२४ को अन्त्यबाट सबै मोबाइल फोन, ट्याबलेट, क्यामेरा र अन्य साना उपकरणमा युएसबी–सी चार्जर प्रयोग गर्नुपर्ने छ ।

विद्युतीय फोहोरमा कमी ल्याउन एवम् उपभोक्ताको जीवनलाई सहज बनाउन युरोपेली युनियनले नयाँ प्रावधान जारी गरिएको जनाइएको छ ।