पर्यटन

तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे ‘हाउसफुल’

By खबरहब

October 26, 2022

मजुङ- लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीमा समेत बढ्न थालेको छ । दशैँमा हुने लामो बिदामा धेरै व्यक्ति विभिन्न स्थानमा घुम्न निस्किन्छन् । 

लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैँ मनाउने आन्तरिक पर्यटकहरूको संख्या पनि बढेको छ । दसैँ र तिहार बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन् ।

सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला  तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ । ‘बिदा मनाउनका लागि समूह समुह बनेर आउने क्रम जारी छ, काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देबबहादुर गुरुङले भने, ‘गाउँका सवै होमस्टे घरहरू पर्यटकले भरिएका छन् ।’ उनका अनुसार होमस्टेमा दसैँ मनाउनका लागी ५०/६० जना आन्तरिक पर्यटक आएका छन् ।