ब्रेकिङ स्टोरी

सिरहा-२ बाट जसपाका राजकिशोर यादव विजयी

By खबरहब

November 26, 2022

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादव निर्वाचित भएका छन्। यादव नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका अनुसार यादवलेले २४ हजार १७८ मत प्राप्त गरेका छन्। त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाएकी छन्। उनीहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ।

त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गर्दै तेस्रो भएका छन्। सिरहा निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।