ब्रेकिङ स्टोरी

ज्ञानेन्द्रबहादुर कार्की ७५ मतले अगाडि

By खबरहब

November 26, 2022

काठमाडौँ – सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् ।

सत्ता गठबन्धनको साथ रहेका उनले हालसम्म २१ हजार ६७८ मत प्राप्त गरेका छन् । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका कार्की ७५ मतले अगाडि छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एव‌ं प्रदेश १ का पूर्वमन्त्री जगदीशप्रसाद कुसियैतले २१ हजार ६०३ मत पाएका छन् ।