राजनीति

मुगुबाट प्रदेशसभा सदस्यमा एमालेका मल्ल विजयी

By खबरहब

November 26, 2022

मुगु – मुगुको प्रदेशसभा (क) मा नेकपा एमालेका जितबहादुर मल्ल विजयी भएका छन् । मल्लले छ हजार छ सय १८ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपालबहादुर बमले पाँच हजार चार सय ४५ मत ल्याएर पराजित भए ।

एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी भएको जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।