ब्रेकिङ स्टोरी

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ राप्रपाका ६ सांसद

By खबरहब

November 26, 2022

काठमाडौँ – प्रतिनिधिसभामा प्रत्यक्षतर्फ हालसम्मको परिणामअनुसार राप्रपाका ६ सांसद निर्वाचित भएका छन्।

यसअघि अध्यक्ष राजेन्द्र लिङ्देन (एक सिट) मा सीमित राप्रपा ४ मंसिरमा भएको निर्वाचनबाट ६ सिट जित्न सफल भएको छ।

रुपन्देही ३ मा जारी मतगणनाअनुसार राप्रपाका दीपक बोहराले गृहमन्त्री बालकृष्ण खाणलाई पछि पारिरहेका छन् । उनले पनि जितेमा सांसद संख्या ७ पुग्नेछ।

समानुपातिकतर्फको जारी मत गणनामा पनि राप्रपाले पाँचौँ स्थानमा कायम राखेको छ।

हेर्नुस्, क-कसले जित?