फाइल फोटो

ब्रेकिङ स्टोरी

सुवास नेम्वाङ फेरि पछि परे, खड्का १६ मतले अगाडि  

By खबरहब

November 26, 2022

इलाम – प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ फेरि पछि परेका छन्।

इलाम नगरपालिका–३ को अन्तिम मतगणना सार्वजनिक भएसँगै नेम्वाङ १६ मतले पछि परेका हुन् । नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २८ हजार ४ सय ८६ मत ल्याएका छन् ।

अब इलाम क्षेत्र नं २ मा इलाम नगरपालिका–१ र २ को मतगणना गर्न बाँकी रहेको छ । इलाम नगर प्रवेश भएसँगै डम्बरले अग्रता घटाउँदै ल्याएका थिए । वडा नं ३ को गणनामा आइपुग्दा उनले नेम्वाङलाई उछिन्न पुगेका हुन् ।