राजनीति

रुपन्देही ३ (२) मा एमालेका चौधरी विजयी

By खबरहब

November 26, 2022

रूपन्देही– रूपन्देहीको प्रतिनिधिसभा क्षेत्र ३ अन्तर्गत प्रदेशसभा २ मा नेकपा (एमाले)का तुलसीप्रसाद चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र ढकालाई दुई सय १ मतले पछि पार्दै चौधरी दोस्रो पटक प्रदेशसभा सदस्यमा विजयी भएका मुख्य निर्वाचन अधिकृत रामकृष्ण कोइरालाले जानकारी दिए ।

एमालेका उम्मेदवार चौधरीले १६ हजार तीन सय ९४ मत प्राप्त गरे भने कांग्रेसका  ढकालले १६ हजार एक सय ९३ मत ल्याए। रूपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा भने मतगणना जारी छ । यस निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा र गृहमन्त्री बालकृष्ण खाण बिच प्रतिस्पर्धा छ ।