राजनीति

मोरङ-१ मा कांग्रेसका डिगबहादुर लिम्बूको अग्रता

By खबरहब

November 26, 2022

विराटनगर – ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नम्बर १ को मत गणना जारी छ।

यो क्षेत्रमा मत गणनाको सुरुवाती चरणदेखि एमालेका घनश्याम खतिवडाले अग्रता कायम राख्दै आएका थिए। तर, पछिल्लो मत परिणामअनुसार कांग्रेसका डिगबहादुर लिम्बूले १ सय २ मतको अन्तरले अग्रता लिएका छन्।

लिम्बूले २४ हजार ३ सय १३ मत ल्याएका छन् भने खतिवडाले २४ हजार १ सय ३५ मत ल्याएका छन्।