ब्रेकिङ स्टोरी

विवाद उत्पन्न भएपछि सुनसरी ४ मा मतगणना रोकियो

By खबरहब

November 26, 2022

काठमाडौँ- सुनसरी ४ मा विवाद उत्पन्न भएपछि मतगणना रोकिएको छ । मतगणनाका क्रममा एमालेतर्फ बढी मत गएको भन्दै कांग्रेस पक्षले विरोध जनाएका हुन् ।

यस क्षेत्रमा कांग्रेसका तर्फबाट सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट जगदीश कुसियैतबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ ।

हाल विवाद समाधानका लागि सर्वदलीय बैठकको तयारी भइरहेको बुझिएको छ । पछिल्लो मतपरिणामअनुसार कुसियैत कार्कीभन्दा ४३ मतले अघि छन् ।

कुसियैतले २३ हजार २६१ मत ल्याउँदा कार्कीले २३ हजार २१८ मत ल्याएका छन् ।