फाइल तस्वीर

अन्तर्राष्ट्रिय

भारतको बिजापुरमा सुरक्षाकर्मीसँगको झडपमा परी चार माओवादी मारिए

By खबरहब

November 26, 2022

काठमाडौँ- भारतको बिजापुरको वन क्षेत्रमा शनिबार बिहान सुरक्षाकर्मीसँग भएको झडपमा चार जना माओवादी मारिएका छन् ।

पोम्रा वन क्षेत्रमा करिब ४० जना माओवादी रहेका सूचना पाएपछि त्यहाँ पुगेको सुरक्षा फौजले कारवाही गर्दा दुई महिलासहित चार जना मारिएका मिरटुर प्रहरी कार्यालयले जनाएको छ ।

सुरक्षा फौजले कारवाही गरेको स्थानबाट हातहतियार बरामद गरिएका तथा खोजबिन जारी रहेको एक जना वरिष्ठ सुरक्षा अधिकारीले बताएका छन् ।

केही महिनाअघि माओवादीले बिजापुर प्रहरी कार्यालयमा हमला गरेर चार जना प्रहरीलाई घाइते बनाएका थिए । बिजापुर क्षेत्रमा नक्सलवादी सक्रिय रहेका भन्दै राज्य सरकारले त्यहाँ सुरक्षा सतर्कता बढाएको छ ।