फाइल तस्वीर

राजनीति

एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक

By खबरहब

November 26, 2022

काठमाडौँ– यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणानुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ती क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने चार क्षेत्रबाहेक अन्य क्षेत्रमा मतगणना भइरहेको छ ।

 समानुपातिक प्रणालीको मतगणना पनि एकैसाथ भइरहेको छ । दोलखा, स्याङ्जा-२ र बाजुरामा मतगणना सुरु हुन बाँकी रहेको छ । दोलखा र स्याङ्जामा सत्तापक्ष र प्रतिपक्षबीच विवादका कारण मतपेटिका संकलन भइसके पनि गणना सुरू हुनसकेको छैन । त्यहाँका विवाद भएका मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना सुरु गर्ने भन्ने विषयमा आयोगले निर्णय गर्न बाँकी रहेको छ ।

बाजुराको बूढीनन्दा नगरपालिका-५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा आज मतदान सम्पन्न भएको छ ।