राजनीति

बुढीनन्दा ५ मा ५९७ मत खस्यो 

By खबरहब

November 26, 2022

बाजुरा– बाजुराको बुढीनन्दा ५ मा शनिबार भएको पुन : मतदानमा ५ सय ९७ मत खसेको छ । यो ५९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

मंसिर ४ गते कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपका कारण स्थगित भएको मतदान शनिबार शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । 

९ सय ९९ मतदाता रहेको मतदान केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेका थिए । निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेका हुन् ।