राजनीति

सुनसरी-२ (२) मा एमालेका मेहता विजयी

By खबरहब

November 26, 2022

इनरुवा– सुनसरी क्षेत्र नं २ (२)बाट नेकपा (एमाले) का रामप्रसाद मेहता विजयी भएका छन । उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालालाई चार सय ६२ मतले पराजित गर्दै विजयी भएका हुन् ।

मेहताले १७ हजार ९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कोइरालाले १६ हजार छ सय ३५ मत प्राप्त गरेका छन् । विसं २०७४ को निर्वाचनमा मेहतालाई कोइरालाले पराजित गरेका थिए ।

यसपटकको निर्वाचनमा कोइरालालाई मेहताले पराजित गरेका छन् ।