फाइल फोटो

राजनीति

समानुपातिकमा अरू पार्टीको मत बढेको भन्दै प्रतिनिधिलाई चनाखो हुन ओलीको निर्देशन

By खबरहब

November 26, 2022

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकमा अरू पार्टीको मत अस्वाभाविक रुपमा बढ्दै गएको भन्दै मतगणना प्रतिनिधिलाई चनाखो रहन निर्देशन दिएका छन् ।

फेसबुकमा उनले ३ प्रतिशत पनि मत नकाट्ने गठबन्धनका घटकले अर्को पार्टीको मत जोड्न सक्ने भन्दै चनाखो रहन निर्देशन दिएका हुन् ।

‘समानुपातिक मतगणना भइरहेको छ । सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ ।’ फेसबुकमा उनले लेखेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ ।’

उनले जिल्लामा मतगणनामा रहेका प्रतिनिधिहरुलाई चनाखो रहन समेत निर्देशन दिएका छन् । साथै उनले मतगणनामा प्रतिनिधि रहेका कार्यकर्तालाई मत परिणामको मुचुल्काको प्रति फेसबुकमा म्यासेजमार्फत् पठाउन समेत आग्रह गरेका छन् ।