राजनीति

इलाम–२ (१) मा कांग्रेसका गिरी निर्वाचित

By खबरहब

November 26, 2022

मङ्गलबारे– इलाम–२ (१) मा नेपाली कांग्रेसका गोविन्द गिरी विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा गिरी एक हजार दुई सय ११ मतान्तरसहित विजयी भएका हुन् । 

गिरीले १६ हजार छ सय ६५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार गणेशप्रसाद बरालले १५ हजार चार सय ४७ मत मात्र प्राप्त गरेका छन् । यस निर्वाचन क्षेत्रमा ८ जना उम्मेदवार रहेका थिए। यस क्षेत्रमा ३६ हजार नौ सय २९ मत खसेको थियो ।