ब्रेकिङ स्टोरी

सुनसरी २ मा एमालेका भीम आचार्य विजयी

By खबरहब

November 26, 2022

काठमाडौँ- सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भीम आचार्य विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम महतोलाई पराजित गरे । आचार्यले ३२ हजार ८ मत ल्याउँदा महतोले २६ हजार मत ल्याए ।

तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापाले १९ हजार ३ सय ८६ मत ल्याए ।