खेलकुद

विश्वकप फुटबल : साउदीविरुद्ध पोल्याण्डको सानदार जित

By खबरहब

November 26, 2022

काठमाडौं – कतारमा जारी फिफा विश्वकपमा पोल्याण्डले पहिलो जित दर्ता गरेको छ । एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डले साउदी अरबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पोल्याण्डको जितमा ३९ औं मिनेटमा प्रिटो जिलेन्स्की र खेलको ८२ औ मिनेटमा कप्तान रोर्बट लेभान्डोस्किले दोस्रो गोल गरेका थिए ।

पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको पोल्याण्डले दोस्रो खेलमा जित हात पारेको हो ।