राजनीति

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

By खबरहब

November 26, 2022

सर्लाही – प्रदेशसभा अन्तर्गत सर्लाहीको क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय निर्वाचित भएका छन् ।

रायले ९ हजार ६२६ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी लोकातान्त्रिक समाजवादीका उम्मेदवार मेथुर चौधरीलाई १ सय ७९ मतान्तरले पराजित गरे ।

पराजित चौधरीले ९ हजार ४४७ मत ल्याएका छन् । यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेश सांसद समेत रहेका जनता समाजवादीका उम्मेदवार अशोक यादवले ८ हजार ९४०मत प्राप्त गरे ।