ब्रेकिङ स्टोरी

धनुषा १ मा जसपाका दीपक कार्की विजयी, माओवादीका मातृका यादव पराजित

By खबरहब

November 26, 2022

काठमाडौँ – धनुषा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी भएका छन् । कार्कीले करीब ६ हजार मतान्तरले नेकपा माओवादी केन्द्रका नेता मातृका यादवलाई पराजित गरेका हुन् ।

एमालेसँगको साथ पाएका जसपाका कार्कीले २७४३१ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार यादव २१४८३ मतमा रोकिए ।