राजनीति

मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बू विजयी

By खबरहब

November 26, 2022

विराटनगर । मोरङ १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् । उनले एमालेका घनश्याम खतिवडालाई ४३० मतान्तरले हराएका हुन् ।

अन्तिम मतपरिणामअनुसार डिगबहादुरले २७ हजार २९७ मत ल्याउदा खतिवडाले २६ हजार ८६७ मत पाए । अघिल्लो निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए । ७० मा लिम्बूले खतिवडालाई पराजित गरेका थिए ।