नेकपा (एमाले) अध्यक्ष केपी ओली । फाइल तस्बिर

राजनीति

मुलुकमा अस्थिरता आउन दिइने छैन : ओली

By खबरहब

November 26, 2022

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान समयमा सुदृढ राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् । उनले मुलुकलाई अस्थिरतातर्फ लैजान नदिनका लागि एकता आवश्यक रहेको बताएका हुन् ।

झापा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित भएपछि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा मुलुकलाई अगाडि बढाउन एमालेले अगुवाइ गर्ने बताए ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी ३ दिनदेखि निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रममा सहभागी हुँदै आएका छन् ।