फाइल तस्वीर

राजनीति

रेशम चौधरी जेलमुक्त नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

By खबरहब

December 26, 2022

काठमाडौं– प्रचण्ड नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टी नजाने भएको छ । जेलमा रहेका पार्टीका नेता रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन् । 

यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै रहने उनको भनाइ छ ।

रेशम चौधरीको रिहाइको पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनले आफूले सरकारलाई समर्थन गरेको पनि उनले उल्लेख गरिन् । अध्यक्ष श्रेष्ठ रेशम चौधरीकी श्रीमती हुन् ।