फाइल फोटो

राजनीति

प्रचण्डको सत्तारोहण अराजनीतिक र अराजकताको पराकाष्ठा : शेखर कोइराला

By खबरहब

December 26, 2022

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित नभएको बताएका छन् । सोमबार पछिल्लो परिवर्तित राजनीतिप्रति दृष्टिकोण सार्वजनिक गर्दै नेता कोइराला संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिने बताएका छन् ।

‘संसदवाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ ।’ उनले उल्लेख गरेका छन् ।

साथै उनले पार्टीका नेता तथा कार्यकर्ता निराश हुनुपर्ने कुनै कारण नरहेको उल्लेख गरेका छन् ।  सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको उनको भनाइ छ।

उनले भने, ‘साथीहरूमा तत्कालका लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वभाविक होइन। साथीहरू निराश हुनुपर्ने कुनै कारण छैन । हामी निरन्तर संवाद र सम्पर्कमा रहँदै तपाईंहरूका घरआँगनमा आउनेछौं।’