खेलकुद

इजिप्ट अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा

By खबरहब

January 27, 2022

काठमाडौं – गएराति भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा गोलरहित बराबरी खेलेपछि भएको पेनाल्टी सुट आउटमा आइभरी कोस्ट ५–४ गोल अन्तरले पराजित भएको हो । यो जितसँगै इजिप्ट अन्तिम आठमा पुगेको छ ।

निर्धारित र अतिरिक्त समयमा गोल हुन नसकेपछि भएको पेनाल्टीमा इजिप्टका मोहमद सलाह, जिजो, अमर एल सोलिया, ओमार कमाल र मोहमद अब्देलले गोल गरे ।

आइभरी कोस्टका निकोलस पेपे, इब्राहिम सांगारे, म्याकस्वेल कर्नेट र विलफ्रेड जाहाले गोल गर्दा एरिक बाइ पेनाल्टीमा चुके । एरिक पेनाल्टीमा चुक्नु नै आइभरी कोस्टका लागि घातक बन्यो ।

अब इजिप्टको भेट मोरक्कोसँग हुनेछ ।