Manchester United's Portuguese midfielder Bruno Fernandes (C) jumps to win a header during the English Premier League football match between Chelsea and Manchester United at Stamford Bridge in London on February 17, 2020. - Manchester United won the game 2-0. (Photo by Adrian DENNIS / AFP) / RESTRICTED TO EDITORIAL USE. No use with unauthorized audio, video, data, fixture lists, club/league logos or 'live' services. Online in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No video emulation. Social media in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No use in betting publications, games or single club/league/player publications. /

खेलकुद

चार खेलाडीमा संक्रमण देखिए खेल स्थगित !

By खबरहब

January 27, 2022

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण तीव्र बने पनि खेलकुद क्षेत्र चलायमान छ। तर, खेलाडीमा संक्रमण देखिएपछि कतिपय क्लबले पुरै खेल गुमाउनुपर्ने बाध्यता छ।

इंग्लिस प्रिमियर लिग फुटबलमा भने चार खेलाडीमा कोरोना संक्रमण देखिएमा क्लबले खेल स्थगितको लागि निवेदन दिन पाउने भएको छ।

बुधबार कोभिडको नयाँ प्रोटोकल सार्वजनिक गर्दै प्रिमियर लिगले चार खेलाडीमा कोभिड देखिए खेल स्थगितको निवेदन दिन सक्ने मापदण्ड बनाएको हो।

लिगले यो नियम फेब्रुअरी ५ बाट लागु हुनेछ। खेलाडीमा संक्रमण पुष्टि भएको निवेदन अनुसार प्रिमियर लिगले खेल स्थगित गर्ने सम्बन्धमा निर्णय गर्नेछ।

खेलाडीमा संक्रमण हुँदा खेल प्रभावित हुनेक्रम बढेपछि लिगले यस्तो स्वास्थ्य मापदण्ड ल्याएको हो।