प्रतिकात्मक तस्वीर

समाचार

बैतडीमा बस दुर्घटना हुँदा ८ जना घाइते

By खबरहब

January 27, 2022

बैतडी – जिल्लाको पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–२ रौतगाउँमा बस दुर्घटनामा परेको छ ।

आज बिहान ६ बजे ना७ख २५७० नम्बरको बस दुर्घटना हुँदा आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले जानकारी दिए।

घाइते हुनेमा मेलौली–६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाकी शुशिला चन्द, शिवनाथकै जनक औजी, रामसिंह साउँद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीकी पुजा भट्ट र बारा घर भएका सिराज अन्सारी रहेका छन् ।

घाइतेलाई उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ । ३२ यात्रु सवार बस महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको सडकबाट २० मिटर तल खसेको छ ।

बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।