समाचार

कानुन मन्त्री बडूलाई कोरोना संक्रमण

By खबरहब

January 27, 2022

काठमाडौँ – कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा मन्त्री बडूलाई कोरोना संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ ।

अब केही दिन आइसोलेसनमा रहने मन्त्री बडूले बताएका छन् ।