फाइल तस्वीर

समाचार

रौतहटमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

By खबरहब

January 27, 2022

रौतहट– रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गरुडा नगरपालिका–४ बैरियामा बुधबार राति भएको दुर्घटनामा गढीमाई नगरपालिकाका १९ वर्षीय मोहम्मद अलताफ आलम र २४ वर्षीय रवि साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

गरुडाबाट मलाही टोल गइरहेका बेला उनीहरू सवार रहेको मोटरसाइकल दुर्घटनामा परेको थियो ।