समाचार

आज थप १५ संक्रमितको मृत्यु

By खबरहब

January 27, 2022

काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ११ हजार ६८७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ८०८ वटा नमुना परीक्षण गर्दा आठ हजार १७ जनामा कोरोना पोजेटिभ देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ५७६ रहेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार २९२ जना डिस्चार्ज भएका छन् ।