समाचार

भिजिट भिसामा अलपत्रको उद्धार प्रयासः श्रममन्त्री श्रेष्ठद्धारा ‘मार्सल टिम’ गठन

By खबरहब

January 27, 2022

काठमाडौँ– श्रममन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा दुबई पुर्याएर अलपत्र पार्ने दलालहरूमाथि कारवाही हुने बताएका छन् ।

बिहीबार मन्त्रालयमा भिजिट भिसामा दुबई पुगेर अलपत्र परेका युवाहरूसँगको छलफलका क्रममा उनले त्यसरी अलपत्र पार्नेलाई कुनै हालतमा नछाड्ने बताएका हुन् ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा जाँदा भिजिट भिसाको प्रयोग नगर्न आग्रह गर्दै भिजिट भिसामार्फत् दुबईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित बनेकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन गरिएको जानकारी दिए ।

उनले आगामी आइतबारदेखि श्रम मन्त्रालयमा चौबिसै घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाई कक्ष स्थापना गर्न लागेको बताउँदै गुनासोका आधारमा समेत दलालहरूलाई कारवाही हुने बताए ।