समाचार

बारामा विवेकशीलको भ्रष्टाचारविरुद्ध अभियान

By खबरहब

January 27, 2022

बारा– बारामा विवेकशील साझा पार्टीले भ्रष्टाचारविरुद्धको अभियान सुरु गरेको छ । बिहीबार कलैयामा पार्टीका जिल्ला संयोजक डा. सुशील साहको नेतृत्वमा प्रदर्शन भएको हो ।

विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्ताले मालपोत कार्यालय बाहिर भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । मालपोत कार्यालयका कर्मचारीहरू भ्रष्टाचारमा व्यस्त रहेको उनीहरूको आरोप छ । भ्रष्टाचारमा संलग्न कर्मचारीलाई बर्खास्त गर्नसमेत उनीहरूले माग गरेका छन् ।

बाराका अन्य सरकारी कार्यालयहरूलाई पनि भ्रष्टाचारमुक्त बनाउन निरन्तर दबाबमुलक अभियान चलाउने संयोजक डा. साहले बताए ।