देश/प्रदेश

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

By खबरहब

January 27, 2022

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो ३ बजे शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच करिब एक घण्टा समसामसयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भेटवार्ता नियमित भएको र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताएका छन् ।

राष्ट्रियसभाको निर्वाचन सकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको छ।

भेटमा आसन्न स्थानीय तह निर्वाचनबारे पनि छलफल भएको छ । राष्ट्रपतिका सूचना विज्ञ टीका ढकालका अनुसार समयमै स्थानीय तह निर्वाचन हुनुपर्ने कुरामा राष्ट्रपतिले चासो राखेकी थिइन । उनले समयमै निर्वाचन गरेर अघि बढ्न पनि प्रधानमन्त्रीलाई सुझाएकी थिइन ।

भेटका क्रममा राष्ट्रपतिले दलहरुले नै बनाएको संविधानको पालना गरेर जाँदा राम्रो हुने पनि बताएकी थिइन्।