राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि ३ बजे, भर्चुअल माध्यमबाट छलफल हुने

By खबरहब

January 27, 2022

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ ।

बिहीबार सूचना जारी गर्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार भर्चुअल माध्यमबाट बस्ने जनाएको छ ।

बैठक दिउँसो ३ बजे बस्ने छ। यसअघि कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूले पार्टीभित्र छलफल नै नगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग छलफल गरिरहेको भन्दै असन्तुष्टि जनाएको थियो ।

यहीबीच कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।