सांकेतिक तस्बिर

समाचार

३०६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

January 27, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २५७ कोरोना संक्रमितको आईसीयूमा र ४९ को भेन्टिलेटरमा गरी कुल २८९ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २२ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेश प्रदेशमा ७ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १८९ जना आईसीयूमा र ४० जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा १७ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा ५ जना आईसीयूमा र सुदुरपश्चिममा २ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।