समाचार

काठमाडौँमा नक्कली मास्क बिक्री गर्ने समातिए

By खबरहब

January 27, 2022

काठमाडौँ- काठमाडौँमा नक्कली मास्क बिक्री गर्दै आएका चार जना पक्राउ परेका छन् ।

त्रिपुरेश्वरमा विदेशी मास्कको नक्कल गरी कम गुणस्तरको मास्क बनाएर बिक्री गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-११ त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ३४ वर्षीय वुद्धिबहादुर कार्की, काठमाडौँ भोटेबहाल बस्दै आएका भारत राजस्थानका यश अग्रवाल, २० वर्षीय श्रीयान्स लावती र ललितपुर सातदोबाटोस्थित अनेष्ट सप्लायर्सका म्यानेजर संखुवासभाका २३ वर्षीय मुक्तिप्रसाद पोखरेल रहेका छन् ।

महालक्ष्मी इशान इन्टरप्राइजेजबाट चार हजार १९४ थान र अनेष्ट सप्लायर्सबाट एक हजार ९२० थान नक्कली थ्रीएम मास्क बरामद् गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।