फाइल फोटो

अन्तर्राष्ट्रिय

किभलाई मुख्य निशाना बनाउँदै रुसी सेना

By खबरहब

February 27, 2022

मस्को – पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तीमा १९ सर्वसाधारणको मृत्यु भएको छ।

आक्रमणमा कम्तीमा ७३ जना घाइते भएका छन्। अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ ।

आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो। राजधानीमा गोलाबारी र ठूला विस्फोटका आवाजहरू सुनिएका प्राप्त विवरणहरूलाई जनाइएको छ ।