खेलकुद

रायो भालेकानोलाई रियल मड्रिडले हरायो

By खबरहब

February 27, 2022

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकाल्दै नौ अंकको अग्रता बनाएको छ ।

शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियलले जित निकालेको हो । कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा रियलले रायो भालेकानोलाई १-० गोल अन्तरले हरायो । बेन्जेमाले खेलको ८३औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै रियलले २६ खेलमा ६० अंक जोडेको छ । रायो भालेकानो ३१ अंक जोडेर १२ औं स्थानमा छ । दोस्रो स्थानको सेभिल्लाको २५ खेलबाट ५१ अंक छ ।