खेलकुद

पिएसजीलाई १६ अंकको अग्रता

By खबरहब

February 27, 2022

काठमाडौँ – फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी) ले शनिबार राति पुनरागमन सहित सेन्ट एरिएनमाथी ३-१ अन्तरको जित निकालेको छ ।

घरेलु मैदानमा पिएसजीलाई जिताउन केलिएन एमबाप्पेले दुई तथा डानिलो पेरेइराले एक गोल गरे । सेन्ट इटिएनका डेनिस वोउएंगाले सान्त्वना गोल गरे ।

जितसँगै पिएसजीले शीर्षस्थानमा १६ अंकको स्पष्ट अग्रता लिएको छ। पिएसजीको २६ खेलबाट ६२ अंक छ। पराजित सेन्ट इटिएन २२ अंक जोडेर १६औं स्थानमा छ ।

समान खेलबाट दोस्रो स्थानमा रहेको निसको ४६ अंक छ।